साविकको यातायात व्यवस्था कार्यालय नारायणीले यातायात क्षेत्रको व्यवस्थापन र सेवा प्रवाह गर्दै आइरहेकोमा नागरिकलाई नजिकवाट सेवा प्रवाह गर्ने सरकारी नीति अनुरुप चितवन जिल्ला वरिपरिका नागरिकलाई सेवा प्रवाह गर्ने केन्द्रका रुपमा यस कार्यालयको स्थापना भएको हो ।
देशको राजनैतिक परिवर्तन पछि बागमती प्रदेश गठन भई बागमती प्रदेश सरकारको सांगठानिक संरचनाभित्र रही यस कार्यालयले सेवा कार्यालयको रुपमा सेवा प्रवाह गर्दै आइरहेको ।
बागमती प्रदेशभित्र चितवन जिल्लाको उच्च शहरीकरणका कारण जनसंख्या बृद्धि भएसंगै सेवाको विस्तारका कारण यातायात क्षेत्रको व्यवस्थापन आवश्यक भएकोले बागमती प्रदेश सरकारबाट मिति २०७८/१२/२२ गतेको निर्णयानुसार अस्थायी संगठन संरचना स्वीकृत भई आ.ब. २०७९/०८० बाट यातायात व्यवस्था कार्यालयको रुपमा संगठन संरचना विकसित भएको हुँदा हाल कार्यालयले प्रदान गर्ने सेवा र सवारी व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरु सूचारु हुन गइरहेको छ ।