Government of Nepal Logo
Government of Nepal Logo
Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office, Bharatpur

Bharatpur, Chitwan

Bagamati Province Government
Ministry of Labor, Employment and Transport

Transport Management Office, Bharatpur

Bharatpur, Chitwan

Background 2078-07-18

2051 सालमा नारायणी अञ्चल यातायात व्यवस्था कार्यालय, पर्सा, विरगंजबाट अस्थाई रुट ईजाजत शाखा (पटके) को रुपमा स्थापना भई नियमित रूपमा पटके सेवा तथा प्रत्येक हप्ताको आईतबार विरगंज कार्यालयबाट शाखा अधिकृत-1 र मेकानिकल सुपरभाईजर-1 जना आई जाँचपासको व्यवस्था मिलाएको थियो। 2062 सालमा यातायात व्यवस्था कार्यालय, पर्सा विरगंजको शाखा कार्यालयको रुपमा स्थापित भई बाटो ईजाजत, नियमित जाँचपास, कर, जरिवाना, अस्थाई रुट ईजाजत (पटके) तथा नविकरण सम्बन्धी कार्य प्रारम्भ भएको। देशव्यापी रुपमा बढ्दो सवारी चापलाई मध्यनजर गरी मिति 2071/04/30 गतेको निर्णयबाट स्थाई कर्मचारी दरबन्दी सहित यातायात व्यवस्था विभाग मातहत रहने गरी यातायात व्यवस्था सेवा कार्यालय, भरतपुर, चितवनको स्थापना भएको थियो। नेपालको वर्तमान संविधान बमोजिम देश संघीयतामा गएपछि सवारी साधन कर, सेवा शुल्क, दस्तुर, दण्ड, जरिवाना लगायतका कार्यहरु प्रदेशको एकल अधिकारको सूची (संविधानको अनुसूची-6) अन्तर्गत पर्ने भएकोले मिति 2075/08/20 को नेपाल सरकार (माननीय मन्त्रीस्तर) को निर्णयले यस यातायात व्यवस्था सेवा कार्यालय, भरतपुर, चितवन मिति 2075/08/28 गतेबाट बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहने गरी प्रदेशमा हस्तानतरण भै सञ्चालनमा आएको छ। सोहि निर्णय बमोजिम सञ्‍चालित यस कार्यालयले सवारी साधनको कर, जरिवाना तथा नविकरण, सवारी जाँचपास, बाटो ईजाजत पत्र, अस्थाई बाटो ईजाजत (पटके) सम्बन्धी कार्य गर्दै आएकोमा मिति 2077/01/06 गतेमा सवारी साधन दर्ता समेतको सेवा विस्तार गर्ने निर्णय (माननीय मन्त्रीस्तर) भई मिति 2078/04/28 बाट सवारी दर्ता प्रकृया प्रारम्भ भएको छ भने मिति 2078/05/03 गतेको सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यसमेत सञ्चालन गर्ने निर्णय (माननीय मन्त्रीस्तर) बमोजिम प्रथम चरणमा सवारी चालक अनुमति पत्र नविकरण सम्बन्धि प्रकृया मिति 2078/08/०५ गते बाट सञ्चालनमा रहेको छ साथै निकट भविश्यमा नयाँ सवारी चालक अनुमति पत्रसमेत जारी गर्ने प्रकृया प्रारम्भ भएको छ।


Site Visited : page counter
Last Updated : 2081-02-04 13:26:19

© All Rights Reserved to Transport Management Office, Bharatpur